कथा

अङ्स

sulav bharati

“म मर्ने बेलामा मलाई कोही चाहिदैन म सँग पैसा छ । म मेरो दाहिने खुट्टा बोकाउन एउटा नर्स्, मेरो देब्रे खुट्टा बोकाउन अर्को नर्स र नम्बरि डाक्टरहरुलाई चाकडिमा राख्न सक्छु । “अभिप्रायले मनस्थितिको नाङ्गो भएर छाडा नाच देखाउछ ।बोल्दा अप्सरा जस्तो भएर आउछे या अभिप्राय अनुसार भयावय रुद्र भैरव साक्ष्यात पनि हुन्छ । यो कुनै घातको प्रसँग होईन । मेरो विचारले कुनै लाश टेकेर विचरण गरिरहेको पनि छैन । द्वन्द हो यो एउटा मानसिक द्वन्द । आफै सँगको लडिबुडी हो । यो जितमा आफ्नै हार छ तर रोघिलाई आफैले जिते जस्तो लाग्छ ।

बाजे मरे बाउलाई,बाउ मरे छोरोलाई,छोरो मरे नातिलाई ।के हो त भन्दा “अङ्स्” । बाजेलाई थाहा थियो, उनी द्गरवार फकाइ मठ खाने महन्तका सन्तान । पुजा भने उनि पनि चौपट्टै गर्थे । सम्पती पनि काठमाण्डौमा धुरी सम्म खेत । एउटिले नपुग्नि, कृष्ण जिको गोपिनी बगैचा घुमेकै छ । लौ गरिखाओ दिने खेतै केत छ, मठै-मठ छ । सबै कुरा बाढन सजिलो थियो बाजेको पालामा, नाम्, गाम, काम ।पण्डितको छोरा पण्डित, सुनारको छोरा सुनार र अझै सजिलो के थियो भन्दा सन्तान उत्पादन । तेतिखेर कन्डम हुने त कुरै भएन या अरु कुनै कन्ट्रसेप्टिभ मेजेर्स नै । बच्चा हुनेलाई दैवको देन नहुनेलाई उसैको खेल ।

देश राज मठाधिश को कुरा गर्दै छु म । उनको पहिलो श्रीमती पट्टिको छोराको उमेर नै आफ्नो कान्छी बाराबर थियो । युग परिवर्तन हुँदै थियो काठ्माण्डौ रफ्तारमा घुइचिदै थियो । टापको टक्-टकमा टायार टुन्निदै थियो , स्यालको डर हराउदै थ्यो । कौडिको खेतमा मडिको लेप लाग्दैथियो । प्रजातन्त्र, जनाधिकार्, एकाधिकारका नारा चल्दै हुन्थे । अब त छोरिले पनि अङ्स पाउने प्राभधान भयो । अङ्समा अङ्क थपियो । बाजे मरे बाउ, फुपुलाई; बाउ मरे छोरा छोरीलाई; छोरा मरे नाती नातिनिलाई । के हो त भन्दा “अङ्स्” । देश राज मठाधिसको एक दिन अचानक स्वास्थ निधन भयो । उनको एस्वर्य को 11 भाग सन्तानलाई र ३ भाग बिधुवा जिउनी गरेर १४ वण्डा भयो । जेठा बाठाले मठ खाए, उब्जनी खेत खाए तर मार भने मठाधिशको कान्छीको छोरा कान्छा मठाधिस लाई पर्‍यो । कान्छा मठाधिसका खेल्ने साथीहरुनै उनका सम्ब्न्धी छोरा छोरी हरु थिए । कानुन बन्दै थियो तर तेतिखेरको कानुन बाठालाई बलियो र सोझालाई कम्जोर बनाउदै सुरु हुँदै थियो । मैले मान्छे मारेको होईनमा हाच्छिउ आएर इन छुट्दा हो सावित हुन्थ्यो ।

साग सिस्नो खादै खादै कान्छा मठाधिस आफ्नि आमाको मायामा ठुलो भए । एक दिन कान्छा मठाधिसलाई छोडेर उनकी आमा पनि परलोक सुधारिन । कान्छा मठाधिस अब एक्लाई भए । पहिले नै उनका हकमा अलि तल परेका, उब्जनी कम र भ-त्किन लागेको घर परेको थियो । मठाधिस त उनकालागी हात्ती चडेर आउने कथा जस्तै भएको थियो । उनलाई असाहय र ए-क्लो पाएर आफ्नै भाई भाइदार हरु बाकी भएका सम्पतिमा पनि अदालत बाट हक दाबिको पुर्जा चढाउ-थे । कान्छा मठाधिसको सम्पत्ती लुटिने भो, घर मक्किदै थियो, मुद्दा चल्दै थियो । कान्छा मठाधिस आधा आधी पागल हुँदै थिए ।

उनी अचानक एक्दिन बाटोमा बुरुक्क उफृएर दौडिन थाले । यो देखेर उनि तिर आइरहेका एक भलादमिले उनलाई रोकेर हड्बडाउदै दौडेको कारण सोधे । मठाधिसले आफ्नो पछाडी आफ्नै भाई भाइदारहरु ज्यान मार्न पछी परेको कुरा बताए । आगन्तुक भलादमिले उनको पछाडी कोही नभएको र उनलाई उनको घरसम्म छोडिदिने मनसाय व्यक्त गरे । कान्छा मठाधिसले डरले हुन्छ त भने तर उनको मनमा फेरी अर्को डर पलायो । मठाधिस सोही भलादमी सँग डराउन थाले । उनी फेरी केहि सुनेको नसुनै गरी पछाडी नफर्की एकोहोरो आफै सँग भाग्न थाले ।

भलादमिलाई कान्छा मठाधिसा निकै मान्छे लाग्यो । उनिलाई मठाधिसको माया पनि लागेर आयो । काठ्माण्डौमा घर्, खेत्, जग्गा भएको पनि बुझिहाले । उनले आफ्नि छोरिको बिहे मठाधिससङ गरिदिने निधो गरे । भलादमी मठाधिस सङ दिनै जसो भेट्न थाले । अली नजिक भएपछी भलादमिले आफ्नि छोरी सँग बिहे गर्न मठाधिस सामु बिन्ती बिसाए । आमा नभएपछी एक्लो परेका कान्छा मठाधिसले पनि भलादमिको कुरा सुइकारे । कान्छा मठाधिसको पनि बिहे भयो ।

सबै कुरा राम्रै भयो । जे जती थ्यो उनिसङ बाकी त्यो नै काठ्माण्डौमा प्रसस्थ थियो । एउटा भिर बेचेर दुइटा घर बनाए । मक्केको औराख फोडी घरको झ्याल सृङ्गारे । लाख झिके गाडी किने मठाधिस हात्ती चढेर हिडे । हेर्दा हेर्दै मठाधिसका सन्तान पनि भए अनि हेर्दा हेर्दै मठाधिस बुढो पनि भए । मन त बुढो कहिले नहुने मठाधिसको रहर पैसा थुपार्ने । दाइजो दिने डरले होला छोरी दुइटा कसरी बिदाउने । एसो सोचे मठाधिसले मेरा तिग्रे चार्, फिरौती त उठाउनै पर्‍यो नत्र दिन्छु लात । जोरी पनि खोज्न थाले, बुवारी पनि ल्-खेट्न थाले ।अङ्स अङ्स भन्ने मठाधिस सम्पति-सम्पती भन्न थाले । कोही छैन पछाडी अगाडी तेसै दौडिन्थे । कोठा भित्र बसिरन्थे, अध्यारोमा लुकिरन्थे । डराउन लागे आफै सँग, छोरा छोरी आफ्नै सँग । अङ्स भन्ने रोग एस्तो जस्ले खान्छ पछी छेर्ने । बा तिमीलाई कोही चाहिदैन ? कोही चाहिदैन कोही चाहिदैन

“म मर्ने बेलामा मलाई कोही चाहिदैन म सँग पैसा छ । म मेरो दाहिने खुट्टा बोकाउन एउटा नर्स्, मेरो देब्रे खुट्टा बोकाउन अर्को नर्स र नम्बरि डाक्टरहरुलाई चाकडिमा राख्न सक्छु ।”

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
en_USEnglish
en_USEnglish
Close