
लक डाउन एउटा अवसर हो
एक्लै रहन
अनि बुझ्ने आफूलाई
यसअघि हामीले
कहिल्यै हेरेनौं आफूलाई
आफ्नो मनलाई
आफ्नो आफूलाई
जान्न चाहेनौं
वास्तवमा म को हू
किन हू र के हू
तर आज अवसर मिलेको छ
जिन्दगीलाई बुझ्ने
आफ्नो मनलाई बुझ्ने
स्व लाई समझ गर्ने
•
यदि जानियो भने
खुसी हुन आफू आफैमा
त्यो बेला बुझ्नु कि
जिन्दगीको रहश्य त्यही हो
यदि गर्न सकियो भने प्रेम
आफूले आफूलाई
त्यो बेला मनन् गर्नु कि
त्यही हो जिन्दगीको अर्थ
•
जुन बेला सिकिन्छ मुस्कुराउन
हरेक पल
त्यो बेला महसुस गर्नु कि
जितियो जिन्दगीको युद्ध
एक्लै, एक्लै, एक्लै ।