
आत्मबल हुनेहरु हिउॅ पनि बाल्छन्
कैल्यै हार नमान्नेहरू फलाम पगाल्छन्
•
हतास नमान हरेस नखाऊ यति छिटो
सफल हुनेहरू बुझेपछि काम थाल्छन्
•
साहस भन्ने चीज पनि अनौठो हुन्छ हेर
साहसी आफुलाई मुत्युको मुखमा हाल्छन्
•
रोकिनु हुन्न बीचमा बाटो जस्तो होस् न
उनीहरू निरन्तर नरोकिइ पाइला चाल्छन्
•
के हो र यो जीवन पनि जीउन जान्नेका लागि
फाट्यो भने कतै यो बीचमा धेरै ठाउॅ टाल्छन्