गजल

गजल

ऋषिराम पाण्डेय

कसलाई खुसी बनाउनु र कसलाई दुःखी बनाउनु
मान्छे त आफ्नै कारणले रुन्छ मैले कसरी हँसाउनु
प्रचार गरेको छैन मैले विज्ञापन गरेको छैन कहिल्यै
उद्देश्य मात्रै लिएर कसरी सगरमाथामा पु-याउनु
हेर न बत्ती बलेको छ कतै उज्यालो यहाँ पो छैन
अन्धकार हटाउने तरिका हो आफ्नै दियो जलाउनु
भन्न त मैले भन्नै सक्तिन यसरी खुलेआम कसैसँग
कहिलेसम्म पुग्छ यो आवाज तिमीले नै पठाउनु
अब उठ्नुपर्छ बिहान भैसकेको छ हेरन प्रिय
तिमी उठेर जाउ त्यहाँ पुगेर सबैलाई जगाउनु

Show More

Related Articles

2 thoughts on “गजल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
en_USEnglish
en_USEnglish
Close