
हिसाब मिलोस् कसरी बल गरेर
सूत्र प्रयोग नगरी हल गरेर
जीवन आफ्नै सुरमा चलेको राम्रो
काम छैन अरुको नक्कल गरेर
लक्ष्य प्राप्ती नहुदासम्म नरोकिनु
साकार हुनेछ पलपल गरेर
सस्तो लोकप्रियता कमाउन भलै
लाग्दैछन् प्रतिष्ठामा दखल गरेर
भलाई सोच्नेहरु पनि छन् यहाँ
कतिले गुजार्छन् जालछल गरेर
—त्यागी—