विचार/लेख

चौलानिको दाल

 चौलानिको दाल

के बिर्सन्छ त मान्छे ?आफु दुइ वर्ष मुनिको कुराहरु पछी भात खादा सबै दालमा मुच्छेर खान्छ मान्छे ।पानीको प्याश थाहा नहुँदै आमाको दुधको स्वाद बिर्सन्छ मान्छे ।एसो हेर्दा प्राय सबै कुरा बिर्सन्छ मान्छे ।कसैले केहि कुरा भन्यो भने पुर्व जन्मको कुरा गरेको जस्तो लाग्छ मान्छेलाई । के – के सम्झ्-न्छौ त हामी जिन्दगी रहुन्जेल ।
चामल लाई बोराबाट या किनेर ल्याएको झोलाबाट कसैले सोझै निकालेर पकाउछ भने मलाई भन्नुस ।”एक चोटिको तैरिने दुइ फेरिको चौलानी ।”
केटी मान्छेको महिनाबारि त्यो तीन दिन्, केटा मान्छेले पनि भोग्नै पर्थ्यो , जती गरेनी अट्टेरी खाना पकाउनै पर्थ्यो ।छुइ हुन्छ छुइ,पहिला भाडा सबै सुकेपछी मात्र भान्चामा लानु पर्छ ।छुइ भएको भाडामा पकाएको बुवालाई खान्दिनु हुन्न ।आमाको यो कुरा म केटा मान्छे भएको ले होला तेती गहिरिएर बुझिन ।जसरि मैले अहिले नियममा रहेर सुरुवात र अन्त्यलाई ध्यानमा राखेर,शीर्षकमै बाधिएर एउटा रहस्य कथा पकाउने ज-मर्को गर्दैछु त्यसरीनै आमाले पनि एक पछी अर्को कुरा अहराउदै जानु भयो ।
भक्तपुरमा उब्जेको तरकारिले काठमाण्डौको घर-घरको भान्चा महकिनेगर्थ्यो ।खर्पन पास्साले चम्सुर पालुङ्गो गनेरै ल्याउने गर्थ्यो ।एकातिर हरियो लसुन अर्को तिर हरियो प्याज ,कस्तो मिलाएर बोकेर ल्याउथ्यो ।रायोको सागमा डुक्कुको आश,काठ्माण्डौको घर-घरको पहिलो रोजाइ हुने गर्थ्यो ।यो कुरा खर्पन पास्साले राम्ररी बुजेको थ्यो ।अहिले खर्पन पास्सा आफै तरकारी बेच्न हिन्दैनन ।उस्को १० रोपनी भक्तपुरे ओर्ज्ञानिक तरकारी फार्ममा काठ्माण्डौका तर्कारी पसलेहरु गाडी लिएर टोल-टोल लाई पुग्ने तरकारी लिन जान्छन । खर्पन पस्सा आजकाल आफ्नो काठमाण्डौको पाच तल्ले घरमा बस्छन ।
आमा म सँग एउटा बाटी मागेर अगि पास्साले ल्याएको हरियो लसुन र रायोको साग केलाउन लाग्नुभयो । अब के कुरालाई छुइ भन्ने के कुरालाई चोखो म अझ सम्म पनि यो कुरा छुट्यौन सक्दिन तर मैले खाना पकाउनु पर्दा आमाको भान्चामा म यो नियम हरुको कटु पालन गर्छु । किन भन्नु हुन्छ भने मलाई दाल,भात,तरकारी आमालेनै बनाउन सिकाउनु भएको हो ।
तेतिखेरको भान्चा मलाई याद छ, धान र चामल राख्न ठुलो-ठुलो ,आफै छिर्यो भने निस्किन नसक्ने माटोको भाडाहरु हुन्थ्यो ।चामलको भाडामा चाही चामल निकाल्न एउटा सानो मानो पनि भित्र हुन्थ्यो ।पाच जनालाई साढे दुइ मानो, हामिलाई खाजा सहित आमाको हिसाब थ्यो ।
बुवालाई एउटा तरकारिले नहुने ।एक थोक अर्को पाकेकै हुनुपर्थ्यो अनि अचारले जिब्रो तिर्मिरिने हुनुपर्थ्यो ।
त्यो पहिलो दिन त मलाई खाना पकाउन एक्दम झ्-न्-झ्-ट महसुस भयो ।कहिले सकिने होला बनाउन जस्तो ।चामल पकाउनु पहिला तीन नियमहरुको पालन गर्नै पर्ने ।पहिलो नियम,चामल लाई भिजाएर पखालेको पहिलो दुधे चौलानिलाई तैरने,मत्लब मिल्काउने ।दोश्रो र तेश्रो पखालेको चौलानिलाई भने एउटा अर्कै भाडामा छुट्टाउने ।एती गरिसके पछी बल्ल चामल पकाउन तैया्र हुने रहेछ ।किन होला त यो नियमहरु ?म यो कुरा अलि तल स्पष्ट गर्छु ।
मलाई रायोको साग र डुक्कु पकाउन पनि फलामकै गहिरो भाडा खोज्नु परेको थ्यो ।मलाई सुकेको खोर्सानी राग आउन्जेल आमाले काटेर दिनुभएको साग ओइरेर पकाउन तेती गाह्रो भएन ।अर्को तरकारी पकाउन पनि भाडाकै नियमले सुरु भयो ।यो भाडोको नाम चाही “कसौडि;भ्यान्टा आलु ओइरेर पकाउन पनि मलाई तेती गाह्रो भएन ।
त्यो अघी एउटा भाडामा तैराएर राखेको चौलानिलाई प्रेसर कुकरमा राखेर मलाई आमाले बल्ल दाल बसाल्न लाउनु भयो ।मैले सोधेको पनि थाहा छ,किन चौलानिमा दाल पकाउने आमा ?आमाले भन्नु भो, दाल बाक्लो र मिठो हुन्छ बाबु ।
नियम नै नियमको हाम्रो नेपाली भान्चा घरहरुमा सोझै पाकेको दाल खुवाउने चलन कतै पनी छैन ।घिउमा झानेको दाल खुवाउने चलन छ ।तेतिखेर जिम्बु झानेको मलाई वास्नाले याद आउछ ।
मैले यो कथा लेखेर नेपाली समाज मा दाल, भात,तरकारी पकाउन कसैलाई सिकाएर आफ्नो बिल्ला गर्न खोजेको होइन ।मलाई थाहा छ नेपाली भान्चा-भान्चा मा रहरको दालको रहस्य छ, मुङ र माशको मसला छ ।मेरो कुरा यहाँ अर्कै छ ।के चौलानिमा पकाउने दालको स्वाद अर्कै हो त ? ?तपाईंहरु के भन्नु हुन्छ ? ?
मैले आज खाना बनाउदै गर्दा यो कुरा दिमागमा आयो ।एता बिदेशमा खाना पकाउने पालो परिरहन्छ ।आज दाल सिधै पानीमा पकाउदा पनि बाक्लो थ्यो,स्वाद पनि तेस्तै थ्यो तर चामल भने मैले दुइ चोटिनै पखाले है ।त्यो किन हो थाहा छैन ।
मैले सुरुमा लेखेको कुरा फेरी एक चोटी दोहोराउछु ।”पानीको प्यास थाहा नहुँदै आमाको दुधको स्वाद बिर्सने मान्छे हामी ।” मैले स्वाद बिर्सेको पनि हुन सक्छु तर गहिरिएर सोचेर होला एउटा निष्कर्शमा आएको छु ।म गलत पनि हुन सक्छु ,बिन्ती सच्चाइदिनु होला ।
पित्तलको चार गाग्री पानी त्यो पनि एक किलो मिटेर टाढाको ढुङ्गेधारा बाट दुइ खेप बोकेर भान्चामा ल्याउने काम धेरै थकाइ लाग्दो हो ।बिहान बेलुकाको खाना र भाडा दुबै तेसैमा ।चौलानिको दालको रहस्य यो हुन सक्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
en_USEnglish
en_USEnglish
Close