विचार/लेख

झोला

झोला

हामी आफ्नै तवरको सुस्तिले चिनिन्छौ ।हामी मननमा फरक छौ ।आखामा लाउनु पर्ने चस्मा हो तर केटा मान्छेको फरक केटी मान्छेको फरक,यो दृष्टिकोणको उपज हो ।हामी लवाज मा ठहरिन्छौ ।लवाजकै लहैमा झोला बनाउने कम्पनी हरुलाई केटा मान्छेको भन्दा केटी मान्छेको झोलामा आम्दामी धेरै छ ।

एउटा पुरानो जादुगर थियो, झोलामा हात राखेर के-के निकालिदिनिन्थ्यो, झोला भित्र राखेर मान्छे गायब गरिदिन्थ्यो ।त्यो झोलाले उस्को कुरा कस्तो मान्थ्यो ।झोला भित्र छिरेर एक दिन आफै गायब भयो ।मैले कुरा गरिरहेको झोला न कुनै जादुगरको हो न मैले उस्लाई यो झोला भित्र छिरेर गायब भएको नै देखेको छु तर झ्-ट्ट हेर्दा एउटा सिङ्गै हात्तिलाई सुढले बाधेर कोचेको जस्तो “फ्वाक्क” देखिन्छ यो झोला ।यो झोलाले परेको खण्डमा घरमै प्राथमिक स्वास्थ सेवा देखी हस्पिटलको आकस्मित स्वास्थ सेवा दुइटै उपलब्ध गराउछ ।

यो झोलाको बानी मलाई पनि परेको छ ।उस्को सन्सार अटाउने झोलामा आजकाल म पनि आफ्नो तीन चार वटा कुराहरु राख्न दिइरहेको हुन्छु ।मेरो आफ्नै सानो पैसा बोक्ने झोला पनि तेही झोला भित्र मिल्काइदेको छु,किन कि यो झोलाको मलाई तेती बिस्वास छ जती मलाई आफ्नै छैन ।म आफै साक्षी छु ।मेरो हातमा पैसा अहिले पनि टिक्दैन ।यो झोला खोल्दा महक फेरी कुनै अत्तरको भण्डारको ढोका खुलेको जस्तो आउछ ।अगी भखर किनेर ल्याएको मोबालको रि-चार्ज काड पचास ओटा पुरानो चलाई सकेको रि-चार्ज काड सँग अल्मलिन्छ ।कहिले लिपिस्टिक भेटियो कहिले गाजल भेटियो मेरो चाही अस्ती किनेर ल्याएको दारी काट्ने भेटिएको थिएन ।नङ काटेर पनि झोलामै हालेको हो कि के हो भन्दा होईन रहेछ ।प्ल्यास्टिक्को नङ्हरु पो रहेछन ,उल्टो गाली खाइयो,”मेरो परेला हरु फाल्देलाउ; ए भागवान आखा पनि झोलामै हालेर हिड्दा रहेछन केटिहरु ।
मैले साचिकै भनेको यो कुरा ।पैसाको चिल्लरहरु बाहिर निकाल्ने हो भने तुरुन्तै घरको चारै वटा पिल्लरहरु बन्ला ।बत्तिको बिलहरु पनि छ अनि उस्को चस्माको पिनहरु पनि छ ।बिल तिर्न जादा बिल बिलसितै अल्मलिन्छ ।घण्टौ उभिएको लाईनमा आफ्नो पछिकोलाई पहिले पालो दिने,एस्तो प-रिस्थिती पनि दोहोरिरहन्छ ।अस्ती मात्र हो,एउटा साथी को बिहेको भोजबाट फर्केर राती घरको ढोका खोल्न खोज्दा हराउदै नहराएको चाबी मोबाइलको बत्ती बालेर बाटोमा खोज्दै हिड्नु परेको ।पछी फोन आयो,झोलामै रहेछ ।एसो के कुराले छोप्पेको पो रहेछ ।कहिले तरकारी बजारमा पैसा तिरु भन्दा खुद्रा हराइदिन्छ ।अब हजारको नोटले एउटा काउली किन्न खोज्नु बुढा बुढी मिलेर साउजिको कपाल भुत्लाउन खोज्नु हो ।त्यो दिन काउली साच्चिकै भोली खाउली भयो ।

राजा विशवरथको विशवामित्र सम्मको जिद्दी र विशवामित्रको स्वर्ग सम्मको श्री -ष्टी ।एउटा साधारण गाइ तर असाधारण क्षमताको थुन ।त्यो थुन बाट अरु गाइको जस्तै दुध आउने हो तर यो नन्दिनिको थुनबाट निस्केको दुध जुन भाडामा खस्थ्यो नि त्यो भाडा पहिला सुनको बन्थ्यो,चम्चा चादिका बन्थे ।विस्व जितेर विस्वरथ ब्रहम ॠषी बसिस्ठ को आश्रम मा खाना खान पलेटी कस्दाको कुरा हो । ॠषी पत्नी अरुणद-तिको हातमा भएको भाडोमा त दुध मात्र थियो तेस्पछी चमत्कार त राजा विस्वरथको खाने पात्रो मा भयो । पहिले दुधको एक थोपा सालको पात्रोमा पर्‍यो र पात्रो सुनको बन्यो ।दुना र बोता मणी र मोति जडेका कचौराहरु बने ।अरुणद्-तिले एक चम्चा दुध त्यो सुनको थाल मा पोख्ने बित्तिकै काजु र किस्मिसले भरिएको पुलाउ उब्जेर आयो ।यो देखेर राजा तीन छक परे ।एसैगरी राजा विस्वरथको हजारौ सेना हरुलाई अरुणद्-तिले खान खान दिइन । घुमी फेरी पालो फेरी राजाको आयो ।अरुणद-ती ले सोधी के टक्राउ सरकार ?राजाले भने ,”मलाई अलिकता खिर र दुइटा बेसनको लड्डु अनि थोरै सुजिको हलुवा पनि ।”एक चम्चा दुध मात्र के थालिमा पोखिएको थियो ,राजाको थाली खिरले भरिएर आयो ।एक थोपा दुधले मणी जडेको कचौरामा बेसनको पाचवटा लड्डु देखापर्‍यो ।मोती जडेको कचौरामा सुजिको पाकेको हलुवा देखा पर्‍यो ।कुरा पहिलेको भएपनी स्वादको होईन चमत्कारको हो ।

मैले पनि पुलाउ पकाउछु भन्दा एही झोलाबाट काजु निस्किन्छ्,नौनिकी डल्लो निस्किन्छ,ल्वाङ अ्ल्इचि,निस्किन्छ ।भान्चा भण्डारमा चामल ,नुन्,तेल सक्कियो झोला भित्रै मिल छ ।आफुलाई चिउरा खान मन भयो भने,आज चामल झोला मा हालेर भोली बिहान हेर्दा चिउरा बनिराको हुन्छ ।
यो झोला महिमा होईन ।यो झोला सर्वोच्च बनेको छ,हाम्रो लवाजको वर्गिकरणमा कम्मर माथि,कम्मर मुनि,कम्मरमा कस्ने डोरी होस कि पेटी ।किन्न लाई बजार नै जानु पर्छ ।झोला झोलामै अटाउछ । घर फर्किन साथ म किताब खोज्छु देभकोटा र बाल कृष्णको मनो क्रान्ती हरु निस्कन्छ ।होईन लेख्ने सिको गर्नु पर्‍यो भन्दा खाली पन्ना र कलम हरु निस्कन्छ ।भुपिका सरल सुझाभ हरु यो झोलामा टुथपेस्ट र मन्जन भएर बसिरहेका छन ।
मैले झोलालाई सरल लेखेको छु ,सहज लेखेको छु ।यो झोला मेरो प्यारिको झोला संसार आटाउने झोला ।यो झोला उस्को ल्याप्टपको घर पनि हो उस्को मोबाइलको मामा घर पनि हो ।सबै कुरा छ एस्मा तै पनि मैले आज एक्छिन उचाल्दा कती हलुका छ यो झोला।

सुलभ भारति

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
en_USEnglish
en_USEnglish
Close