विचार/लेख

☆☆ वाइयातहरु ☆☆

☆☆ वाइयातहरु ☆☆

नेपालिले अब हाडिया होड्मा भाडिया फोड्न मात्र बाकी छ ।मैले आफैले पनि एक्दिन लेखेको थिए,एउटै धारा सस्कृतिको,हिमाल प्रान्त देखी बग्ने बिचरीको । गहु,गङ्गा धर्म सुवेक्षुकको,को हौ र हामी यहाँ निती अट्ल हो तर परम्पराको भारतिय धागोमा नेपाली सस्कृतिको माला ओइलाउदा, खोइ सबै चुप लागे ।अस्ती मेरो ढोका ढक-ढक गर्न दुइ पादरी आका थिए ।यो अङ्रेजी देशमा नौलो मान्नु पनि कसरी जब कि आफ्नै देशमा धर्म को किन बेच उहिलेदेखी थियो ।साथीहरुको नाम माइकल्,जोन्,फिलिप्,फेसन ।एउटा साथिले त एती सम्म भन्थियो कि पशुपती छिरेर भागवानको मुर्तिलाई थुकेर आए ।मैले ति पादरी लाई मेरो देश नेपाल हो ,म हिन्दू हु,र जिजेश क्राइस्ट माहान आत्मा,प्रभुको सन्तान ,यो सन्सारमा हामिलाई पापबाट बचाउन आउनु भयो तर हामी मनिश एती पापी छम कि उहा लाई क्रसमा किला ले ठोकेर काडाको तकिया बिसाइदिएम । म जिजेसलाई सम्झिदा माफी माग्छु,म मेरो भागवान पुजा गर्दा जिजेशलाई धुप दिन्छु ।मेरो आस्था भागवत गिता सङ रखेको बाइबल ले सुनाउछ ।
बकृद भखर सकियो तर सानैमा कहिले कदिर अङ्कल को दावतमा,कहिले लङौटिया अब्दिनको सेबै को स्वादमा ।धर्मको एता पनि अर्को बाटो रहेछ ।मस्जिदमा कुरान प ढे र मुसल्मान को चौटा काट्नु पर्ने ।हिन्दूको मन्दिर पशुपतिमा चै अरु धर्मको मान्छे छिर्न नपाउनी ।म एता कता आइपुगे;यो सब कुरा छोड्दिउ ।
म कुरा गर्दैथिए भारतिय धागोमा नेपाली सस्कृतिको ओइलाउदो मालाको ।आज जनै पुणिमा हामी गिरि,पुरि,भारतिले जनै लाउदैनौ तर जनैको आवस्यक्ता यो पुणिमा को सवेर पशुपतिमा बाजे समातेर सानो ह व न गरेर,जनै कान मा बाधेर्,तिलरी तरिके खै के के गर्थे साथिहरु । आफु घर पुग्दा अलि ढिलो हुन्थ्यो , आफुलाई पनि घर पुरेत कुरिरहेका हुन्थे,मन्त्र फुक्दै डोरो बान्थे ।भोग लागेर सिदै भान्चा मा हानिन्थे । आज के खाने भन्दा “क्वाटी” । पहिला पुरेतले अनि पछी हाम्रो पालो । अहिले सम्झिन्छु क्वाटी बर्षमा एक पटक त्यो पनि कुर्नु पर्ने भएर मिठो भएको होला ।हाम्रो क्वाटिमा त खसिको मासु हुन्थ्यो ।पुरेतलाई छुट्टै पकाएको क्वाटी हुन्थ्यो,अल्लुको अचार हुन्थ्यो,काउलिको तर्कारी मटर हालेर,अनेक थरी हुन्थ्यो । मलाई त भाइटिका थाहा छ ।सप्तरङी टिका बिग्रेला कि पर्ला, बहिनिको एकाग्रता थाहा छ ।यमराज लाई खुला चेतावनी थाहा छ ।मलाई भाइ टिका थाहा छ ।उसो त नयाँ वर्ष दुइ पट्क मानिन्छ किनकी अङ्रेजिले दुनिया जितेको छ साथी तर भारत त अहिले सम्म तेस्रो दुनिया मा गनिन्छ ।उस्को पुच्छर लागेर त माथी पुगिदैन नि साथी । होइन मान्ने ले मान तर मेरो बिन्ती एक दिन अगाडी पछाडी गर्देउ । मेरो सस्कृतिको मालामा मेरै परम्पराको धागो उन्छु म ।

सुलभ भारती

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
en_USEnglish
en_USEnglish
Close