विचार/लेख

ई सक्छौ भने रोकिदेउ!

ई सक्छौ भने रोकिदेउ! मेर मनको कथाहरु ज्वाजल्यमान भएर भखर त सुरु हुदो छ ।ल म निव्स्त्र भएर यो ॐ-शान्ती चोकको चौबाटो मा निस्किदिन्छु ।मलाई बहुला भनेर,मेरा हात खुट्टा बाधेर पाटनमा लगेर थुनिदेउ ।मलाई थालिमा खाना नदिनु ।म पागल लाई कागज खान देउ ,मसी पिउन देउ,हेर त मेरो मसिले लत्पतेको ओठ्,बोरामा मेरो कागजको आहारा ।तेसैले म सँग खोसेर लुकाएर राख्लाउ मेरो रहस्य राहत्,मेरो जिवन स्वाश ।तेतिचै नगर्नु अनि हेर्नु म मशिलाई कागज मा लिपेर कमिलाको सुस्म अण्डा देखी ताती सम्म्,माहुरिको घार देखी रानी सम्म,कोहिलिको ओथारो देखी काग को का-का सम्म्,जिवनको सुस्म तरल देखी सुहाउदो मानव मुर्ती सम्म,कल्पनाको करुणाआधिमा भावनाको बिस्फोटलाई आफुले जानेको सान्त्,सरल्,सिक्षाको प्यासले उन्मुत धारामा लागेका हाम्रा रित्तो गाग्री एती चाडो भरिदिन्छु कि बुहारीलाई चुलो सजिलो होस्,स्कुले भविस्यको जुत्ता पालिश होस्,जिम्बेबारीक काधको कोटमा आईरान मिलोस सबै समय मा ।यहाँ रोचक रमाउने आकृती तिमी बनाउ या घोरिएर रङ्ग को रोघनले चित्र रिजाउ या अर्धले आधार दिएका छन्दहरु पच्छाएर गजल भर्,मुक्तक मार्;तिमी पनि आफ्नै पहिचानको कलाकार ।यहाँ तिमी पनि मर्नु भएन,म त मर्न जन्मिएकै होईन ।यो दु:ख र सुख पाउने र भोग्ने मान्छे चोलीलाइ पानीले भिजाउछ,आगोले सताउछ ।पुष-माघ को मध्यान्नको टुसारो छलेर जब माधुरी तिम्रो रोम्-रोम मा ठण्डिको राहात पुराउछे तब अघाबै मात्र तिमी काल ले जितेको निद्रालाई बिर्सिएर एक्छिन फेरी निदृत हुन्छउ ।ए छेकन मलाई मेरा कोठाका पर्दा हरु,मेरो कोठा मेरो नेपाल्,यी पर्दा पाहाड ।मेरो जोडको सहायक सुन्नुस्———
एउटा एस्तो महल छ
आखी झ्यालहरु पछाडि
मेरो देशको भन्नु पर्दा ।
काया पलटका छन
विशाल हिराका ख-म्-बा हरु
पग्लन्छन तीनका मोती हरु जसै
सङ्गित सङ्गित बज्न थाल्छन्
झर्छ झ्-र्ना जसै मादल मदमदाउछ ।
यी डाढा-काढा यि पर्दा पर्दा
महलका
चल्छ हावा ज-सै पर्दा पर्दा नाच्न थाल्छन्
म थाक्छु एसै के कराउछु
ती तेही गुन्-गुनाउछन ।
एउटा एस्तो महल छ
मेरो आखी झ्यालहरु पछाडी
मेरो देशको भन्नु पर्दा
लजालु नदिहरु छन छिप्दै
डालि-डाली रुझाउछन्
तर्पन पानीमा शृङखलाको
मन मुटु रिजाउछन ।

  • मलाई सक्छौ भने रोकिदेउ! म भ-गौ-डे भाग्दैछु ।म नेपाल चोरेर्,एस्का पुरातात्युइक महत्वका ,बुध्धका मुर्ती हरु,भैरबका दाते र लिङे स्तम्ब हरु,पशुपतिको गण नाइके नन्दी देखी चन्दन ओखल्,मनकामनाको गजुर्,पाथिभरा को पहिरन्,दक्षिणकालिको घन्टि,सिद्धी बिनायकको सुण्,गुझेस्स्वरिको स्तम्भ बोकेको कछुवा,माहाङकालको सुरा कचौरि, सन्ङ्कटाको रहस्य,भक्तपुर को दताय्रे देखि,पच्पन्न झ्याले दर्वार्, न्यातापोला लाई ज-मि-न देखी उखेलेर लुकाएर ल-इजादै छु,बासुकी नागमा लडेका बुढानिल्कन्ठको खुट्टाको बुढी अ्म्ला म सँग छ । एस्ता धेरै धेरै कुरा हरु छन जुन कुनै यन्त्रले स्क्यानिङ गर्न सक्दैन,मेरो पेट भित्र सुस्म क्यामेरा छिराएर कुनै डिटेक्टिवले रहश्य बाताउन सक्दैन ।हो म खुलेआम स्मोग्लिङ गर्दैछु ।मलाई सक्छौ भने रोकिदेउ!
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
en_USEnglish
en_USEnglish
Close