संस्मरण

कारागार कैदि तथा बन्दीहरुलाई योगा सिकाउन जादांको अनुभव

जमुना भुजेल

म पहिलो पटक कारागार कैदि तथा बन्दीहरुलाई योगा सिकाउन जादैं थिए जुन दिन यो प्रस्ताव आयो त्यही दिनदेखि म एकदमै उत्साहित थिए ।

कैदिहरु कस्तो हुन्छ कारागार कास्तो हुन्छ भनेर मैले यो भन्दा अगाडि सिनेमामा बाहेक कैदि र कारागार दुबै देखेकि थिइन त्यहि भएर पनि मेरो मनमा उत्सुकता छाउनु र विभिन्न विचारहरु आउनु स्वभाविक थियो त्यसमाथि पनि योग सिकाउन जादैं थिए त्यो पनि एक्लै मैले कहिल्यै काठमाण्डौं बाहिर एक्लै गएर योगा सिकाएकी थिइन प्राय गुरुसंग जाने हुदाँ मलाई त्यति जिम्मेवारी बोध हुदैन थियो किनभने म गुरुलाई सघाउने काम मात्रै गर्ने भएकोले मलाई ढुक्क हुन्थ्यो तर यो पाली म एक्लैले सिकाउनु पर्ने भएकोले पनि म अनि नर्भस थिए ।
अनि फेरि त्यो माथि पनि कैदीहरु अनि कारागार भित्र निकैं कौतुहल जागिरहेको थियो अनि कता कता डर पनि लागि रहेको थियो कैदीहरु भनेर उनिहरु सामान्य होइनन् अपराधिहरु हुन भन्ने भावना पनि आइरहेको थियो उनीहरुलाई मैले कस्तो ब्यवहार गर्ने होला उनिहरु कस्तो हुन्छन् होला ? जस्तो प्रश्नहरु आइ्रहेको थियो ।

मैले उनिहरुलाई यो सिकाउला उसो गराउला भनेर सोचेकि पनि थिइन त्यो समयमा जे मन ले भन्छ त्यहि गराउँला भनेर मैले कुनै योजना नै बनाएकी थिइन । साथै कार्य ब्यस्तताका कारण मैले सोच्ने मौका पनि पाएकी थिइन । मिती २०७३, असोज १ गते शनिबार मैले काठमाण्डौबाट लमजुङको लागि गाडि चढ्नु पर्ने थियो साथै विहानको ड्युटी सकेर निस्कनु पर्ने भएकोले विहान ५.३० तिरै तयार भएर घर बाट निस्कीए । करिव ८.४५ तिर कार्यालय पुगे त्यो भन्दा अघि अर्को एउटा काम सकाउनु पर्ने थियो त्यो काम सकाएर कार्यालय पुगे । कार्यालयको नियमित काम सकेर करिव दिउसोको १२ बजेतीर कार्यालयबाट निस्किए र गोंगबु बसपार्क पुगेर लमजुङ बेसिशहर जाने माइक्रो जान तयार अवस्थामा रहेछ र म त्यसैमा चढे । मनमा उत्सुक्ता छदै थियो त्यही उत्सुकतालाई साथि मानेर र बिभिन्न कल्पनाका साथ यात्रा सुरु गरें । म यो भन्दा अघि २÷३ पटक लमजुङ गैसकेकी थिए तर त्यो दिन निकैनै अनौठो, डर र उत्सुकता भरिएको थियो मनमा ।

यात्राको समयमा बिभिन्न सोच र बिचारहरु चहलपहल गरिरहेको थियो मस्तिस्कमा “ मैले योगा सिकाउदै गर्दा उनिहरुले मलाई अक्रमण गरेर भाग्ने कोशिस गर्ने हुन कि ?, मलाई दुब्र्यवहार पो गर्ने हुन कि, सबै अपराध गरेर गएका हुन्छन् कारागार मा त्यसैले कति डर लाग्दा हुन्छन् होला ?, उनिहरुको विचार कस्तो हुन्छ होल ? ” आदि आदि….

यस्तै यस्तै विचारहरु खेलाउदै साँझ करिव ६.४५ तीर लमजुङ बेसिशहर पुगियो । मलाई स्वागत गर्न सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलिया तयार भएर बस्नु भएको रहेछ । उहाँ समाजको एकदमै सेवा गर्ने ब्यक्ति हुनुहुन्छ लमजुङमा कृष्णराज ओलियालाई नचिन्ने सायदै कोहि होला ।

मेरो उत्सुकता मेटिएको थिएन र बिहान नहुन्जेल मेटिने पनि थिएन त्यसैले म बिहान को प्रतिक्षामा थिए । कहिले विहान होला र मेरो उत्सुकता मेटिएला भनेर । बेसिशहरमा टुकुचे भन्ने होटेल रहेछ त्यहि होटलमा खान र बस्नको लागि ब्यवस्था मिलाएको रहेछ रोट्रयाक क्लव अफ लामजुङले त्यसैले हामि त्यहि बस्यौ । मलाइ निन्द्रा लाग्ने सम्भावना निकै कम थियो कारण एक नयाँ ओछ्यान कारण दुई कारागारमा गएर कैदिबन्दिलाई योगा सिकाउनुछ जुन काम मैले कहिल्यै गरेको छैन । तर पनि एउटा योगि भएको नाताले मलाई निन्द्रा सहजै लाग्ने भएकोले म आरामले निदाए….

बिहान ६ बजे योगा सिकाउन जाने भनेर कृष्ण सरले भनिसक्नु भएको थियो त्यसैले म बिहान ४.४५ तिरै उठे र नुहाइओरि करिव आधा घण्टा जति आफ्नो नियमित साधना गरें र करिव ५.५० तिर आफू बसेको कक्षबाट तर ओर्लिए । अनि एकजना डा.संग भेटघाट भयो र हामिसंगै गायौ हामि बसेको होटेलबाट काराकार पैदल हिड्दा करिब २ मिनेट को दुरीमा रहेछ । डा. साप मुख्य अतिथि हुनुहुदो रहेछ । कारागार कहिल्यै नदेखेको म मलाई थाहा थिएन भित्र छिर्न के के प्रक्रिया पुरा गर्नु पर्छ भनेर सबै प्रक्रिया कृष्ण सरले पुरा गरिसक्नु भएको रहेछ त्यसैले सजिलो भयो ।

हामि त्यहा पुगेर त्यस जेलको जेलरलाई भेट्यौ र भित्र जानको लागि अनुमति लियौं कारागारको ढोका खोल्न आग्रह गर्यौ त्यहाको ढोका खोल्ने मान्छे अर्कै हुदोरहेछ जेलरले उक्त व्यक्तिलाई ढोका खोलिदिन र हामीलाई भित्र जान दिनको लागि र सुरक्षाको लागि उ स्वयम लाई पनि जान आदेश दियो हामि करिव ६÷७ जना भित्र गयौं रोट्रयाक क्लव अफ लमजुङका केहि सदस्यहरु पनि हुनुहुन्थ्यो हामिसंग
सबै औपचारिकता पुरा गरेर कार्यक्र शुरु भयो । मलाई सहज बनाउनको लागि कृष्ण ओलिया सरले सुरु गर्नु भयो र शारिरीक स्वस्थता, मानसिक स्वस्थता र बैचारिक शुद्धताको बारेमा प्रस्ट्याउनु भयो र त्यसैको लागि योग गर्न आवश्यक रहेको र योग को महत्व भनेर बाँकि समय मलाई हस्तान्रण गर्नु भयो ।

मलाई कैदि र बन्दीको अर्थ पनि थाहा थिएन त्यहा गएपछि मात्रै बुझे कैदि र बन्दी फरक रहेछ भनेर त्यो भन्दा अगाडि मेरो लागि दुवै एकै थियो तर त्यसो होइन रहेछ ।

सुरुमा कार्यक्रम चलाउन केहि असहज महसुस भयो केहि समयपछि आफै आत्मविश्वास आयो भित्र पसेपछि मेरो सम्पूर्ण प्रश्नहरुको उत्तर र उत्सुकताको जवाफहरु पाए मैले जे सोचेको थिए त्यस्तो केहि हुदैन रहेछ । उनिहरु पनि मानिसनै रहेछन् भन्ने महसुस भयो
त्यहाँ १६ बर्ष देखि करिव ७० बर्ष उमेरका मानिसहरु रहेछन् । उनिहरु बिभिन्न अपराधको सजाय काट्दै रहेछन् ।

मैले कारागारको कार्यालयको भित्तामा एउटा तालिका देखेकि थिए त्यसमा उनिहरु कुन अपराधको साजाय काट्दै छन् भन्ने अभिलेख थियो त्यो देखेर म निकैनै अचम्मित भए त्यहाँ लेखिएको संख्यामध्य सबै भन्दा धेरै ज्यानमार्ने मुद्दामा कारावासको सजाय भोग्दै रहेछन् । र दोस्रो संख्यामा यौन हिंसाका दोषिहरु रहेछन् । यो देख्दा निकै अचम्म लाग्यो र लाग्यो मान्छेमा रिसको आगो र यौनको प्यास कति धेरै रहेछ ।

कतिले त आफ्नै परिवारको सदस्यको हत्या गरेर कारावासको जीवन बिताइरहेका रहेछन् , आफ्नै परिवार आफ्नै आमा बुवा जस्लाई हामि प्रेम गर्छौ अनि उनिहरुले पनि हामिलाई प्रेम गर्छन् कसरी ती ब्यक्तिको हत्या गर्न सक्छन् ? यो प्रश्न गम्भिर छ । हो यदि कोहि पनि होसमा छ भने आफूलाई माया गर्ने र आफुले माया गर्ने मान्छेलाई मार्नै सक्दैन । हो त्यहि होस गुम भयो रिस,आक्रोस अनि प्रतिशोधको भावनाले मानिसलाइ्र्र यसरी छोप्यो कि उस्ले त्यो मेरो जन्मदाता हो मलाई प्रेम गर्ने ब्यक्ति हो भनेर पनि विर्सियो रिसले उस्लाई आफ्नो वसमा पार्यो अनि बेहोसीमा हत्या गर्यो जब रिस मर्छ आफ्नो कर्मदेखि आफै डराउछ कराउछ मैले यो के गरे भनेर तर अब जति कराए पनि मरेको मानिस फर्केर आउदैन अनि वितेको समय फर्किदैन र गल्तीको सजाय त भोग्नै पर्छ ।

हो उनिहरु मेरो दाई, बुवा, भाई, आमा, दिदीबहिनी साथीहरु र म भन्दा फरक देखिदैनथे । उनिहरुको मनमा पनि माया थियो र त्यो उनिहरुको आँखामा प्रस्टै देखिन्थ्यो मैले गल्ति गरे भन्ने भाव थियो तर पनि उनिहरुले आफुले गरेको गल्तिको सजाय भोग्नुनै पर्छ किनभने यो कानुन हो र कानुन सवैलाई बरावर हुन पनि पर्छ ।

हो मैले जस्तो सोचेकि थिए उनिहरु त्यस्ता देखिदैनथे, डर लाग्दा, वासनायुक्त हेराइ भएका, फोहोरी नजिक जान पनि डर लाग्ने र आक्रामक देखिदैन थे उनिहरुलाई हेर्दा लाग्थ्यो के यिनीहरुले साच्चै ति कुकर्महरु या आपराधिक क्रियाकलाप गरेका हुन त ? जस्को सजाय अहिले यिनिहरु भोग्दैछन् । सायद कैदी जीवनले पनि उनिहरुलाई असल हुन सिकायो होला ।

कसैलाई नोक्सानी पु¥याउनु भन्दा पहिला मानिसले आफुले आफूलाई हानि पु¥याउनु पर्छ, आफ्नो हानि नगरी कसैले कसैलाई हानि पु¥याउनै सक्दैन त्यसैले उनिहरु झन पिडित र दु ः खी छन, त्यसैले मलाई उनिहरुप्रति करुणा जागेर आयो र उनिहरुलाई आफूले गरेको गल्तिल बोध होस र आफ्नो मन हल्का र मनको बोझ कम हुने साधना गराए । साधना पश्चात सबैको प्रतिक्रिया राम्रो आयो मन हल्का भएको महसुस गरे र अब आफ्नो बाँकि जीवन देश र जनताको लगि समर्पण गर्ने इच्छा पनि जाहेर गरे मलाई यो सुनेर निकै खुसि लाग्यो । मैले सिकाएका कुराहरु निरन्तर विहान एक घण्टा गर्नुहोला भनेर सुझाव दिए । त्यहा भएका सबैले गर्छन गर्दैनन् थाहा छैन तर एक जनाले मात्र गरे पनि म सफल भएको महशुस गर्नेछु, उनिहरुको मुहार मा खुसि देख्दा मलाई पनि खुसि लाग्यो । कारागार सजायगृह कम, सुधारगृह र मानसिक उपचार गृह हुनु जरुरी छ जस्ले गर्दा कुनै पनि आपराधिक कृयाकलाप गर्ने ब्यक्ति त्यस ठाउँमा गएर सुध्रिएर र निको भएर आफ्नो घर फर्किन सकोस् । मानसिक रोगिनै हुन तिनीहरु जस्ले अपराध गर्छन् । उनिहरुलाई प्रेम, ध्यान, साधना र मनोबैज्ञानिक उपचारको आवश्यकता छ । कुनै पनि मानिस जन्मदै खराब या गलत हुदैन उस्लाइ समाज परिस्थिती र समयले अपराधि र खराव बनाउछ भन्ने कुरा महसुस भयो ।

यसरी मेरो पहिलो अनुभव निकै नै फलदायी भएको महशुस भायो । र भोलीपल्ट विहानै काठमाण्डौं हिडियो

Tags
Show More

1 thought on “कारागार कैदि तथा बन्दीहरुलाई योगा सिकाउन जादांको अनुभव”

  1. Very nice post. I just stumbled upon your blog and wished to
    say that I’ve truly enjoyed browsing your blog posts. After
    all I will be subscribing to your rss feed and I hope you write again very soon!

    P.S. If you have a minute, would love your feedback on my
    new website re-design. You can find it by searching for “royal cbd” – no sweat if you can’t.

    Keep up the good work!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

en_USEnglish
en_USEnglish
Close