संस्मरण

बालापन

बैतडि जिल्ला पाटन गा.बि.सं वडा न:४ चौखुडॉमा (हालको पानपा ०६) वि.स. २०४८ तिर मॉता तुलसिको पबित्र कोखबाट यो संसारमा पाईला टेक्ने सौभाग्य प्राप्त भयो। वास्तवमा समय र श्थानको महत्वपुर्ण योगदान हुनेरैछ ‘म’ पात्र बन्नमा ,सायद त्यो प्रकृतिले मलाई अलि लजालु र अलि अलि शान्त सोभाबको बनाएछ। अति सामान्य किषान परिवारमा जन्म भएकोले होष हावस नहुने उमेर(०-५ बर्ष) नि तत्कालीन समयअनुसार सामान्य नै रह्यौहोला भन्ने अनुमान गर्न सक्छु। उमेर ५-६ बर्षतिर लाग्योहोला आमाले मलाई गॉउकै मॉता फुपुले परिचित फुपुको आश्रममा हिन्दु धार्मिक पद्धतिअनुसार अक्षर ,बर्णमालाको परिचय गराउनुभो। ३-४ महिना अंकलको छोरा उमेश र मैले माता फुपुको आश्रम मै काठको फ्ल्याक(पाठि),कमेरोको दवॉज र निंगालाको कलम अनि जुटकोबोरा घिसार्दै नेपालि अक्षर बर्णमाला,अंक र अंग्रेजि बर्णसंगको परिचय भयो।

जिबनमा आमा पछिको दोस्रो गुरु तिनै मॉता फुपु बन्नभो, संम्झना अनि प्रणाम छ यो चेलाको हृदय बाटनै।अं सॉचि पाठि , कमेरोको दवाज र निगॉलाको कलमको युगको अन्तिम अन्तिम तिरको ब्याच थियौ होला सायद त्यौ ठॉउ र त्यौ गॉऊमा।सॉच्चिकै परिपक्व सम्झनामा कस्तो याद हुन्थ्यौ होला?खैर यो त सब काल्पनिक कुरो मात्र हो,त्यै पनि सम्झना,स्मृति मानसिक परिपक्वता संग अव्शय सम्बन्ध राख्दछ। औपचारिक शिक्षाको शुरुवात श्रि काल्सैनि प्रा.बि लोर्खाबाट कक्षा- पाठिमा(हालको शिसु कक्षा) मा भर्ना गराईए।स्कुल जॉदा कहिले बज्यै(हजुरमा)कहिले आमा पुर्याउन जानुहुन्थ्यो,कहिले जान मन नलागेको दिन हुललटुक्रा माथितिर रुदै रुदै पुगे त कहिले आधिबाटोबाट बहाना बनाइ घरतिर फर्किन्थे।स्कुल जॉदा सानो पाठि र दवाज बोक्द्थे अनि लेखेको मेटाउन स्कुल वरिपरि पाइने घॉस(प्राय तिते पाती) प्रयोग गरिन्थ्यौ।त्यो बेला नेपालमा भर्खर भर्खर निजि बिधालयहरु श्थापना हुदै थे ,फलतह: हाम्रो पाटनतिर नि निजि बिदध्यालय स्थापना भए तर त्यौ बालापनमा निजि विद्यालय भन्नाले बोर्डिंग सकुल भनेर बुझ्दथे। बोर्डिंग स्कुलको कुरो गर्दा आदरिणय गुरु(लाल बं खत्रि) लाल सरको संमझना आऊछ।बोर्डिंग स्कुल पढि फर्कि आउने विद्यार्थीलाई लामो लटठिले पेटमा घोच्दै जिस्काउनु हुन्थ्यौ।यस्तैमा ३कक्षा अध्यन गर्दा गर्दै समय परस्थितिले सानै उमेरमा घर छोडि परको शहर महेन्द्रनगरको निंगलाशैनि माविमा अध्यन गर्ने अबशर प्राप्त भयौ।

पहाडबाट भर्खर झरेको स्पष्ट बैतडेलि बोल्ने म, कक्षा कोठामा नेपालि भाषामा बोल्नु पर्दा अलिक बैतडेलि निस्किदा कक्षा साथिहरु गलल हॉस्थे। बर्षमा एकचोटि दशैंमा धर जानपाइन्थ्यौ।घर जाने दिन ६ महिना अगाडिबाट गन्न शुरु गर्दाको क्षण अहिले संमझदा पनि कति रमाइलो महशुष हुन्छ।मझगॉउ,सिसमभाडि र गहुँबाली थन्काइसकेपछि खल्लाको खेतमा लॉउन टेनिशको बलले क्रिकेट खेल्दा मिल्ने आन्नदले लोभ्याई रहन्छ। जाडो मौसममा हात खुट्टामा चिरा हुन्जेलसम्म गुच्चा खेल्दाको क्षण,पट्ट्या (जाल) थाप्नेबेला माछा मर्ने खेवाकोलागि साथिसंगिहरुसंगको हानाथाप,त्यै माथि बिहान पट्टाया लगाको ठॉउमा नभेटेको दिनको खल्लो अनुभुति संम्झिदा लाग्छ क्या पल थिए ति।मेरै जिबनकालमा टाईम ट्राभल संम्भब भए;म मेरो बाल्यकालमा एकचोटि फेरि जाने थिएहोला। रेमन विष्ट (दक्षिण कोरिया)

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

en_USEnglish
en_USEnglish
Close